बाँके, १६ चैत। बाँकेमा मध्यराती एक व्यक्तिले गोलीले हानेर श्रीमतीको हत्या गरेका छन् ।
डडुवा गाउँपालिका–३ बनकट्टी बस्ने ३२ बर्षीय संजय बर्माले हत्या गरेका हुन्। प्रहरीले बन्दुक सहित उनलाई पक्राउ गरेको छ ।
बर्माले विहीबार राती आप्mनै घरको कोठामा २८ बर्षीया श्रीमती शान्ती देवी बर्मालाई बन्दुकबाट गोली प्रहार गरी हत्या गरेका थिए। घरासयी विवादमा उनले गोली हानेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।