कैलालीबाट साँझपख अायाे यस्ताे दु:खद खबर, गणेशपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकको घटनास्थलमै मृत्यु, टीकापुर रावल सहित २ जना घाईते 

अनलाइन दर्पण 2018-03-22
img

यज्ञराज उपाध्याय / कैलाली (गणेशपुर), ८ चैत  । कैलालीको लम्की चुहा नगरपालिका २ गणेशपुरमा भर्खरै साँझको ७:२८ मा दुईवटा बिपरित दिशाबाट आईरहेका दुर्इवटा मोटरसाइकल एकआपसमा ठक्कर खार्इ दुर्घटना हुँदा एक जनाको घटनास्थल मै ज्यान गएको छ भने तीन जना घाईते भएका छ्न ।

पुर्वबाट पश्चिम तर्फ गइरहेको से ५ प ४८०३ नम्बरको मोटरसाइकल र पश्चिमबाट पुर्व तर्फ गइरहेको से २ प ७९८१ को गाडी गणेशपुर नजिक ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ज्यान जानेको सनाखत भने भैनसकेको लम्कीका प्रहरी निरीक्षक नैन बहादुर साउदले जानकारी दिए । साउदका अनुसार घाईते हुनेको भने सनाखत भैसकेको छ । घाईते हुनेमा से ५ प ४८०३ मोटरसाइकलका चालक टीकापुर नगरपालिका १ ब्लक १८ बस्ने नेत्र रावल, से २ प ७९८१ मोटरसाइकलका चालक बेलौरी कञ्चनपुर बस्ने दिपक चौधरी र त्यही मोटरसाइकलका सवार आशाराम चौधरी रहेका छन ।

घाईते रावलको खुट्टा भाचिएको र अचेत अवस्थामा भएकाले रावललाई नेपालगन्ज रिफर गरिएको छ भने दिपक चौधरीको टाउकोमा गहिरो चोट लागेको छ अर्का आशाराम चौधरीलाई भने सामान्य चोट लागेको छ ।

मृतकको भने कुनै नाम ठेगाना खुल्न सकेको छैन । मृतकलाई अहिल टीकापुर अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख टीका कार्कीले बताएका छन । दुर्घटनाबारे थप जानकारी आउन बाँकी छ ।

सम्बन्धित समाचार

Advertisement