पहाडि इलाकामा अमेरिकन बाइक युमकाे माग बढ्याे

अनलाइन दर्पण 2018-03-14
img

                              
रमिला बस्नेत/उदयपुर, ३० फाल्गुन । अमेरेकी कम्पनी द्धारा उत्पादित युम एम मोटर्सप्रति अहिले युवाहरुकाे क्रेज बढ्दो छ।   नेपालको लागि आधिकारीक विक्रेता आईएमी ग्रुपले विक्रि गर्दै आएको युएमको मोटर्स शहरी क्षेत्रमा लगायत   विकट र पहाडि क्षेत्रमा समेत राम्रो क्रेज रहेको पुष्टि भएको छ ।

हेर्दा आकर्षक र जस्तो सुकै कच्ची बाटोमा पनि कुदाउन सकिने भएकोले युएम मोटर्सको  पाहाडि इलाकामा समेत माग बडेकाे सञ्चारकर्मि तथा उल्टाे माेटरसाईकल यात्रि चित्रकुमार कार्कीले जानकारी दिए।  

यस्तै युम यम मोटर्सको टोली खाेटाङ र पाल्पामा २८/२९/३० गते  पाल्पाको ताम्घास र खाेटाङमा एकै पटक एक्सचेञ्ज अफर रहेको कम्पनीले जनाएको छ । माेटरसाईकल हेर्न सर्वसाधारणको बाक्लो भिड लागेको कन्ट्रि सेल्स मेनेजर दिपेस कायस्थले जानकारी दिएका हुन्। 

पछिल्लो पटक खोटाङमा ५ थान विभिन्न मोडलका मोटरसाईल सहित पुग्दा ५ थाननै विक्रि गरेर थप ४ थान बुकिङ गरेर आएको युएम मोटर्सका एरिया सेल्स म्यानेजर अनिल श्रेष्ठले बताएका छन्।  

युएम मोटर्स खोटाङको दिक्तेल, सिमपानी, खोटाङ बजारमा एक्सचेन्ज अफरको लागि पुगेको छ।

सम्बन्धित समाचार

Advertisement