सत्य प्रेम अहिंसा र विश्वलाई शान्तीमय बनाउन हरेक ब्यक्तिलाई असल अध्यत्मिक ज्ञानको खाचो भन्ने नाराका साथ फालेलुङ गाउपालिका ५ प्राङ्बुङ पाँचथरस्थित सेनमुन्धुम गुरुज्युको ८०औ जन्मोत्सव तथा बिश्व शान्ती पुजा भब्यताका साथ सप्पन्न भयको छ । श्री हर्क प्रसाद केरुङ सेनमुन्धुम गुरु शान्ती प्रतिस्ठान फालेलुङ पाँचथरको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि पूर्व राज्य मन्त्री ने.क.पा माओबादी केन्द्रका केन्द्रिय पोलिटब्युरो सदस्य मानिय श्री प्रसाद जबेगु, बिशेष अतिथी फालेलुङ गाउँपालिका अध्यक्ष श्री सन्चकुमार केरुङका साथै बिशिस्ट अतिथीको रूपमा छिमेकी देश भारत दार्जीलिङदेखि शखर मुखिया सम्भु भोटियालाई बोलाइएको थियोे । राजनैतिक दल विभिन्न सघसस्था तथा समाजसेवि समेत उप्स्थित उक्त कार्यक्रम मा नेपाल सेमिङ गुरु र प्रमुख अतिथी लगायत सबैले जन्मदिन को सुभकामना व्यक्त गरेका थिय भने पुर्बेली तारा आशिष चाम्लिङ राई र स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहेको उक्त कार्यक्रममा श्री हर्क प्रसाद केरुङ सेनमुन्धुम गुरु शान्ति प्रतिश्ठानका सस्थापक अध्यक्ष मंगलविर केरुङको अध्यक्षतामा सम्पन्न भएको थियो ।