काठमाडौं, ८ फागुन । दुई ठुला कम्युनिष्ट पार्टी एमाले र माओवादीबचिको एकतालाई कांग्रेसले स्वागत गरेको छ ।
काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले लोकतन्त्र दलहरुको विभाजनले नभई एकताले बलियो हुने भएकाले एमाले माओवादी एकतालाई काँग्रेसले स्वागत गरेको प्रतिक्रिया दिए ।
प्रवक्ता शर्माले निर्वाचनअघि नै शान्ति, स्थिरता र सम्बृद्धिका नाममा दुई पार्टीले मत मागेकाले अव त्यो पुरा गरेर देखाउन समेत आग्रह गरे । ‘हामी दुई पार्टीको एकतालाई स्वागत गर्दै विगतमा जनतासँग गरेका बाचा पुरा गरेर देखाउँन आग्रह गर्छौँ । ’
काँग्रेसले दुई दलबीचको सहमति अनुसार सरकारको नेतृत्वमा गरिएको भनिएको पालैपालो नेतृत्वको सवालप्रति भने उदेश्यमा पुग्न सहज नहुने बताएको छ ।