एमाले-माओवादी एकतापछि बाबुराम भट्टराईले दिए यस्तो प्रतिक्रिया

अनलाइन दर्पण 2018-02-20
img

काठमाडौं, ८ फागुन । नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा.बाबुराम भट्टराईले एमाले–माओवादीबीचको एकता औपचारिक रुपमा अगाडि बढेको भन्दै बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।

मंगलबार विहान सामाजिक सञ्जाल फेसबुकमार्फत डा. भट्टराईले लेखेका छन्, ‘एमाले–माओवादीबीचको एकताप्रक्रिया औपचारिक रूपले अघि बढेकोमा हार्दिक वधाइ तथा शुभकामना,  ‘राजनीतिमा पनि भेडा भेडासँग बाख्रा बाख्रासँग हुनु राम्रो कुरा हो ।’

डा. भट्टराईले यो एकताले ब्राण्ड एउटै तर फरक नामका पार्टीहरुको भ्रमबाट जनता मुक्त हुन सजिलो हुने विश्वास समेत व्यक्त गरेका छन् । 

उनले फेसबुकमा लेखेका छन्, ‘यसबाट अब नेपाली जनतालाई विचार÷ नीति÷कार्यक्रम÷कार्यशैली एउटै भएका तर ब्राण्ड नाउँ मात्रै फरक भएका पार्टीहरूको भ्रमबाट मुक्त हुन धेरै सजिलो हुनेछ ।’

भट्टराईले दुई फरक धारका पार्टीहरुको एकताबाट नयाँ समाजवादको तेस्रो धार निर्माण गर्न मद्दत पुग्नेमा विश्वास व्यक्त गरेका छन् ।

भट्टराईको स्ट्याटस जस्ताको तस्तैः–

सम्बन्धित समाचार