कास्की, ८ फागुन । पोखराको विजयपुरमा बम विष्फोटमा परि एक प्रहरी र एक पत्रकार घाइते भएका छन् ।
विप्लव माओवादीले आह्वान गरेको बन्दका क्रममा नागढुंगा र विजयपुरमा शंकास्पद वस्तु भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोली त्यहाँ पुगेको थियो । त्यही क्रममा प्रहरी र पत्रकार पनि पुगेका थिए । त्यही क्रममा वम विष्फोट हुँदा दुईजना घाइते भएका हुन् ।
घटनामा स्थानीय पत्रकार घनश्याम पाण्डे र प्रहरी कुलबहादुर खत्री घाइते भएका छन् ।
घाइतेको उपचारका लागि गण्डकी मेडिकल कलेज लगिएको छ ।