काठमाडौ । सामाजिक सेवाको भावनाले अभिप्रेरितभै विगत लामो समयदेखि बैदेशिक रोजगारीको सिलसिलामा कतार एभिसनमा कार्यरत रही नेपाल फर्किएका यूवाहरुकाे प्रयासबाट स्थापना भएको सद्भाव युवा समाजले आफ्नो संस्थाको कार्यकाे थालनीनै रक्तदान कार्यक्रमको आयोजना गरेर सुरुवात गरेको छ ।
समाजले राजधानीको रत्न राज्य क्याम्पसमा एक भव्य कार्यक्रम गरी केन्द्रीय रक्तसंचार केन्द्र बालकुमारीको सहयोगमा रत्तदान कार्यक्रम सम्पन्न गरी संस्थाको औपचारिक कामको सुरुवात गरेको हाे ।
संस्थाको बारेमा बताउदै संस्थाका अध्यक्ष बासुदेव पौडेले भने हामीले विशुद्ध सामाजिक सेवाको भावनाले यो संस्था स्थापना गरेका हौ र कामको सुरुवात पनि रक्तदानबाट गरेका छौं । त्यसैले हाम्रो यो रक्तदानले कसैको ज्यान बच्न सक्छ । यो पुन्य कार्यबाट सद्भाव युवा समाज सामाजिक कार्यमा निरन्तर अघि बढ्ने अध्यक्ष पौडेलले प्रतिबद्धता जनाएका छन् ।
संस्थाका कोषाध्यक्ष खेम गुरुंगले संस्थाको समाजिक सेवाको पहिलो खुड्कीलोमा नै रत्तदान गर्न पाउँदा खुसी लागेको बताए ।
बैदेशिक रोजगरीमा गई नेपाल फर्किएका सदस्यहरुको सद्भावलाई एकजुट गराई नागरिकका लागि केही काम गरौ भनि संस्था स्थापना गरिएको संस्थाका सचिव प्रदिप रुपाखेतीले बताए ।
भोलिका दिनमा संस्थाले बैदेशिक रोजगारीको शिलशिलामा विदेशमा बस्ने र नेपाल फर्किएका सदस्यहरुलाई एकबद्ध गराई राष्ट्रिय स्तरमा आफ्नो कामलाई अघि बढाउने संस्थाको उदेश्य रहेको सचिव रुपाखेतीले बताए ।
भृकुटी मण्डपस्थित आर आर क्याम्पसको प्रांगणमा हिजे माघ २७ गते विहान १० बजे बाट दिउँसो २ बजे सम्म चलेको रत्तदान कार्यक्रममा संस्थामा आबद्ध ३९ जना सदस्यहरुले रत्तदान गरेका थिए ।