खुम्चिदै थिमीको तरकारी उत्पादन 

अनलाइन दर्पण 2018-02-05
img

भक्तपुर । नेपालमानै तरकारी उत्पादनमा पहिचान बनाएको भक्तपुरको थिमीमा तरकारी उत्पान खुम्चिदै गएको छ ।

बढ्दो जनघनत्व र तरकारी उत्पादन हुने जग्गाको प्लटिङ गरी घर तथा भबन निर्माण गर्ने कार्य बढेपछि थिमीको तरकारी उत्पादन क्षेत्र सँकटमा परेको छ । घर जग्गा ब्यवसाहीले जग्गा प्लटिङ गरी घडेरिको रुपमा बिक्री गर्ने तथा नयाँ पुस्ताका युवाहरु तरकारी खेति तिर आकर्षीत नहुनु पनि तरकारी उत्पादनको क्षेत्र खुम्चिनुको मुख्य कारण रहेको छ । 

मध्यपूर थिमी वडा नंं.६ मा बस्ने राजन श्रेष्ठ विगत लामो समयदेखि गठ्ठाघर तथा सानो थिमी फाँटमा तरकारी खेती गर्दै आउनु भएको छ । श्रेष्ठले पूर्खाले अंगालेको कामलाई नै निरन्तरर्ता दिएको बताउनु भयो । उहाँले भन्नु भयो – मैले थाहा पाउदा सानो थिमि, गठ्ठाघर तथा मनहरा खोला किनारको क्षेत्रमा पुुरै फाँट थियो र त्यहा पुरै तरकारी खेति गरिन्थ्यो । अहिले त्यस ठाउँमा पुरै घर ठडिएका छन । उहाँले सुरुमा १२ रोपनि क्षेत्रफलमा तरकारी खेति सुरु गरेता पनि अहिले पाँच रोपनिमा खुम्चीएको बताउनु भयो । 

नयाँ पुस्ताका युवायुवती दुःख गर्न नचाहाने भएकाले र जग्गा जमीनलाई वेचेर त्यसलाई नै जिबिकोपार्जनमा खर्च गर्ने बानिको विकासले तरकारी खेतिको क्षेत्र खुम्चीएको उहाँको बुझाइ छ । उहाँले तरकारी खेति गरेर प्राप्त आम्दानि बाट नै छोरालाई अष्ट्रेलिया पढ्न पठाउनु भएको छ । 

तरकारी उत्पादनको क्षेत्रको रुपमा परिचय बनाएको मनोहरा खोला छेउछाउको फाँट अहिले प्लटिङ गरेर टुक्राटुक्रामा परिणत भए सँगै घर निर्माण कार्य बढेकोले त्यहाँको तरकारी उत्पादन गर्ने उर्भर भूमि मासिदै गएको छ ।

थिमी क्षेत्र भित्रको तरकारी बाली उत्पान क्षेत्रलाई संरक्षण गर्ने योजनाहरु विगतमा नबनेका कारण यो क्षेत्र मासिदै गएको मध्यपुर थिमि नगरपालीकाका प्रमुख मदन सुन्दर श्रेष्ठले बताउनु भयो ।

उहाँले भन्नुभयो– स्थानिय तहको चुनाव हुनु अगाडि नगरपालीका तथा कृषि कार्यालयले यस विषयमा कुनै योजना नबनाई जग्गाको प्लटिङ कार्यलाई स्वीकृति प्रदान गरेको र त्यस क्षेत्रमा घर निर्माण कार्यको स्वीकृति प्रदान गरि दिएकाले यो अवस्था आएको हो ।

हाल जग्गाको कीता काँट गर्ने कार्य रोकिएको र यस क्षेत्रको संरक्षणको लागि नगरपालीकाले नै योजनाहरु बनाइ योजनाबद्ध तरिकाले अगाडि बढ्ने मेयर श्रेष्ठले जानकारि दिनु भयो । 

निलवाराही क्षेत्रमा रहेको फाँटलाई तरकारि उत्पादन क्षेत्र बनाउन हरियाली क्षेत्र घोषणा गरेपनि त्यहाँ अहिले ठूलठूला घरहरु निर्माण भइरहेका छन ।

त्यहि क्षेत्रमा तरकारि खेति गर्ने निलबाराहिका रत्न राजबाहाकले तरकारि खेतिकै आम्दानिबाट छोरालाई इन्जीनियर पढाउनु भएकोे छ ।

उहाँ भन्नु हुन्छ – तरकारि खेति गरेर त्यसबाट प्राप्त आम्दानिले आफ्ना छोराछोरीलाई डाक्टर, पाइलट, इन्जीनीयर पढाए पछि उनिहरुले तरकारी खेति नगर्ने भएकाले हाम्रो पुस्ताले काम गर्न नसक्ने भए पछि तरकारि खेति नै लोप भएर जान्छ ।

उहाँले पहिले ८ रोपनिको हाराहारीमा तरकारी खेति गरेको भए पनि अहिले ३ रोपनिमा सिमित भएको छ । काम गर्ने जनसक्तिको अभाव तथा जग्गा अभावको कारणले ३ रोपनिमा सिमित भएको बताउनु भयो । 

यस क्षेत्र भित्रको खेतियोग्य जमिनको दोहन रोक्न नसके तथा सम्बन्धित निकायले विभिन्न योजनाहरु बनाएर भए पनि युवा जनशक्तिलाई पलायन हुनबाट रोक्न नसके यस क्षेत्रको तरकारी उत्पादत लोप हुने अवस्थामा पुग्न सक्ने स्थानियहरु बताउछन् । भादगाउँ न्यूजबाट

 

सम्बन्धित समाचार