७० वर्षपछी अब स्थायी सरकार, प्रचण्ड आफ्नो अडानबाट पछाडि नहट्ने

अनलाइन दर्पण 2018-01-15
img

काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले ७० वर्षपछिअब  स्थायी सरकार पाउने बताएका छन् । तारेभीर महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–‘अब निर्माणको युग शुरु भयो, जनताको संकल्प पूरा हुने दिन नजिक आइरहेका छन् ।’

अध्यक्ष  प्रचण्डले एमाले अध्यक्ष केपी ओली र आफू पार्टी एकताको अडानबाट पछाडि नहट्ने समेत बताएका छन् ।

जनताले माओवादी केन्द्र र एमालेलाई एक देख्न चाहेको र यहि अनुसार भोट दिएर जिताएको बताउँदै अध्यक्ष प्रचण्डले भने–‘हामी दुबैले पार्टी एकताबाट अघि बढ्ने प्रण गरिसकेका छौं । जनतालाई धोका दिने पक्षमा छैनौं ।’

तारेभीर महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले देशले ७० वर्षपछी अब स्थायी सरकार पाउँदै गरेको बताए । उनले भने–‘अब निर्माणको युग शुरु भयो, जनताको संकल्प पूरा हुने दिन नजिक आइरहेका छन् ।’

सम्बन्धित समाचार