कोरोना संक्रमणबाट बाँकेमा अर्का १ युवकको मृत्यु, मृतकको संख्या २ पुग्यो

अनलाइन दर्पण 2020-05-17
img

काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ ।  बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । 

३० वैशाखमा भारतबाट आएका ती युवकको गएराति एक्कासि स्वास्थ्यमा समस्या आएको मन्त्रालयको भनाइ छ ।  मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा उनको निधन भएको पुष्टि भएको हो । 

उनलाई कोरोना भाइरस पोजिटिभ देखिएको मन्त्रालयको भनाइ छ । ज्वरो र झाडापखाला लागेर ती युवकको आज बिहान ६ बजेर ४० मिनेटमा निधन भएको मन्त्रालयले जनाएको छ । 

योसँगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट निधन हुनेको संख्या २ पुगेको छ ।  धुलिखेल अस्पतालमा उपचारका लागि ल्याउने क्रममा १ जना सुत्केरी महिलाले ज्यान गुमाइसकेकी छन् । 
थप सामग्री : https://shilapatra.com/detail/29313

सम्बन्धित समाचार