सांसद अपहरण: सरकारी वकिलको कार्यालयले पनि जाहेरी लिएन

अनलाइन दर्पण 2020-04-28
img

काठमाडौं, १६ बैशाख । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ । 

मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा. सुरेन्द्र यादव अपहरणको जाहेरी लिएर सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । तर,  जिल्ला सरकारी वकिलको कार्यालयले जाहेरी लिन इन्कार गरिदिएको छ । 

यसअघि आइतबार महानगरीय प्रहरी परिसर टेकुले जाहेरी लिन नमानेपछि उनीहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका थिए । 

आफ्ना सांसद डा सुरेन्द्र यादवलाई नेकपाका सांसदहरु महेश बस्‍नेत, किसन श्रेष्ठ र प्रहरी पूर्वआइजीपी सर्वेन्द्र खनालले अपहरण गरेको उनीहरुको आरोप छ ।

सम्बन्धित समाचार