एमालेले संविधान संशोधन विधेयककोविरुद्ध संसद अवरुद्ध गर्ने

अनलाइन दर्पण 2016-11-30
img

काठमाडौं, १५ मंसिर। प्रमुख प्रतिपक्षी  दल नेकपा एमालेले संविधान संशोधन विधेयकविरुद्ध भोलि बिहीबारदेखि संसद अवरुद्ध पार्ने भएको छ ।
सरकारले सीमांकन हेरफेरसहित संविधान संशोधन विधेयक दर्ता गरेपछि एमालेले सदन र सडकबाट प्रतिवाद गर्ने बताएको छ ।

केहीबेरअघि सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले संविधान संशोधन विधेयक फिर्ता नहुँदासम्म संसद चल्न नदिने निर्णय गरेको छ ।

अस्वस्थ भएका कारण बैठकमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी ओली भने अनुपस्थित थिए ।

एमालेले यसअघि नै स्थायी समिति बैठकबाट संशोधनको विपक्षमा उभिने निर्णय गरिसकेको छ। स्थायी समितिले संशोधनको सडक र सदनबाट प्रतिकार गर्ने निर्णय गरेको थियो।

सम्बन्धित समाचार