बुटवल पुगेर पार्टी एकताबारे के भने  प्रचण्डले

अनलाइन दर्पण 2017-12-23
img

पूर्व प्रधानमन्त्री एवं माअाेवादी केन्द्रका अध्यक्ष प्रचण्डले एक-दुई जनाले विराेध गरेर पार्टी एकता नराेकिने बताएका छन्।  शनिबार भैरहवामा अायाेजित सम्मान कार्यक्रममा पार्टीका शीर्ष नेताबीच एकतामा कुनै समस्या नरहेकाे बताए ।

'कसैले पार्टी एकताकाे विराेध गर्छन् भने ती छुट्छन्। तर, विकास, समृद्धि र समाजवादकाे रेल अघि बढ्छ"।  काे नेताले के भने, त्यसकाे पछि नलाग्नुस्। एमाले-माअाेवादीमा एकता मन नपराउने एकाध मान्छे हाेलान्। तर, हामी सबै एकताप्रति इमान्दार छौं, हामी सबै यस विषयमा गम्भीर छलफल गरेर एकता टुङ्गाउँछौं। एकता हुन नदिने तत्वबाट गरिएका प्रचार र हल्लाका पछि नलाग्नुस्। बरु, एकताका लागि नेतृत्वलाई बल दिनुस्।

साे अवसरमा अध्यक्ष प्रचण्डले प्रतिनिधि सभातर्फकाे समानुपातिक सांसदबारे पार्टीले कुनै निर्णय गरीनसकेकाे समेत बताएका छन्। "अाज पत्रपत्रिकामा माअाेवादीका समानुपातिक सांसदकाे लिष्ट अाएकाे रहेछ। तर, समानुपातिक सांसदबारे कुनै निर्णय भएकाे छैन" अध्यक्ष प्रचण्डले भने, "तपाईहरु त्यसकाे भ्रममा नपर्नुहाेला। निर्वाचन अायाेगले माग्नेबित्तिकै पार्टीमा छलफल गरेर सांसद टुङ्गाउँछौं।"

कार्यक्रममा राष्ट्रिय सभासम्बन्धि देखिएकाे विवाद छिटै अन्त्य हुने पनि प्रचण्डले बताए।

सम्बन्धित समाचार