उदयपुरमा समानुपातिकमा नेपाली काँग्रेस पहिलो पार्टी बनेकाे छ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा उदयपुरमा नेपाली काँग्रेस पहिलो पार्टी बनेको हो ।
जिल्ला निर्वाचन कार्यालय उदयपुरका अनुसार काँग्रेसले ४० हजार ९४७ मत प्राप्त गरी पहिलो बनेको छ । नेकपा एमालेले ३६ हजार ८ सय १२ मत प्राप्त गरी दोस्रो बनेको छ भने र नेकपा (माओवादी केन्द्र) ले १८ हजार ४ सय ७७ मत मत प्राप्त गरी तेस्रो बनेको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा १८ हजार ८ सय ८६ मत बदर भएको सो कार्यालयले जनाएको छ ।