भक्तपुरमा पहिलाे पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ जित हासिल गरेकाे नेकपा एमाले समानुपातिकमा पनि पहिलो पार्टी बनेकाे छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको समानुपातिक निर्वाचन प्रणालीमा नेकपा एमाले पहिलो पार्टी बनेको हो ।
जिल्ला निर्वाचन कार्यालय भक्तपुरका अुनसार नेकपा एमालेले ४२ हजार ७७६ मत प्राप्त गरी पहिलो बनेको छ। नेपाल मजदुर किसान पार्टीले ३५ हजार ४९० मत प्राप्त गरी दोस्रो बनेको छ भने नेपाली काँग्रेसले २६ हजार ३९१ मत प्राप्त गरी तेस्रो बनेको छ ।
त्यसैगरी भक्तपुरमा विवेकशील साझा पार्टीले ८ हजार ९५३, माओवादी केन्द्रले ७ हजार ४०५, राप्रपा प्रजातान्त्रिकले ३ हजार २६६ र राप्रपाले ३ हजार १८३ मत प्राप्त गरेका छन् ।
दुई निर्वाचन क्षेत्र र चार प्रदेश सभा रहेको भक्तपुरमा प्रत्यक्षतर्फ निर्वाचन क्षेत्र नम्बर १ मा नेमकिपाका प्रेम सुवाल र निर्वाचन क्षेत्र नम्बर २ मा एमालेका महेश बस्नेत विजयी भएका छन् ।
त्यसैगरी प्रदेश सभातर्फ एमालेका सशीजंग थापा, राजेन्द्रमान श्रेष्ठ, हरिशरणा लामिछाने र नेमकिपाको तर्फबाट सुरेन्द्रराज गोसाई विजयी हुनुभयो ।