सिरहाकाे नवराजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

अनलाइन दर्पण 2017-09-21
img

सिरहा, ५ असोज। सिरहाकाे  नवराजपुर गाउँपालिकामा  नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । गाउँपालिका अध्यक्षमा नेेपाली  काँग्रेसका  उम्मेदवार बिश्वमोहन यादवले २३८३ मत प्राप्त गरी विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरम नेपालका शिव उदगार यादवले २११४ मत ल्याए ।

यस्तै , उपाध्यक्षमा पनि कांग्रेसकै शोभा कुमारी यादवले २३७७ मत प्राप्त गरी विजयी भइन् ।  उपाध्यक्षमा निकटतम प्रतिस्पर्धी एमालेकी संगिता कुमारी यादवले १९८८ मत ल्याइन् । 

गाउँपालिकाको वडा नं १ मा एमाले, २, ४ र ५ मा काँग्रेस, र ३ मा संघीय समाजवादी फोरमका उम्मेदवा  वडाध्यक्षमा विजयी भएका छन् ।

सम्बन्धित समाचार