१० बर्षभित्र रुकुमलाई बेरोजगार मुक्त जिल्ला बनाउने छौं :गृहमन्त्री शर्मा

अनलाइन दर्पण 2017-09-19
img

काठमाडौं ३ असोज । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले १० बर्षभित्र रुकुमलाई बेरोजगार मुक्त जिल्ला बनाईने उद्घोष गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल (क्रान्तिकारी) रुकुम–काठमाडौं सम्पर्क समितीद्वारा आयाेजित कार्यक्रममा बोल्दै मन्त्री शर्माले भने, ‘१० बर्षभित्र रुकुम बेरोजगार मुक्त जिल्ला हुनेछ ।

रुकुमका स्थायी बासिन्दा समेत रहेका मन्त्री शर्माले २०६३ सालपछि आफुले रुकुम विकासको खाका बनाएर अगाडी बढेको र सोही अनुसार विकासको काम भईरहेकाले १० बर्षभित्र रुकुम बेरोजगार मुक्त जिल्ला हुनेछ, यो मैले त्यतिकै भनेको हैन,  उनले भने, ‘तपाईहरुलाई साथमा लिएर आफैंलाई चुनौती खडा गरेर लक्ष्य पुरा गर्नका लागी भनेको हुँ, यो लक्ष्य अवश्य पुरा हुनेछ ।’ 

मन्त्री शर्माले भने भने ‘राष्ट्र निर्माण गर्नका लागि इच्छाशक्ति र दुरदृष्टिको आवश्यकता हो’, हामीसँग त्यस प्रकारको   स्रोत साधन र जनशक्ति छ ।

 

सम्बन्धित समाचार

Advertisement