दलाल विरुद्ध जनप्रतिरोध निर्मम बन्छ : महासचिव विप्लव

अनलाइन दर्पण 2017-09-16
img

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामन्तवादी युगलाई पूँजीवादी युगले विस्थापीत गरे जस्तै यो दलाल पूँजिवादी युगलाईपनि समाजवादी युगले विस्थापित गर्ने बताएका छन् ।

चन्दले यो संसदीय पूँजीवादी गोलचक्करबाट कोहीपनि सन्तुष्ट नभएको भन्दै वैज्ञानिक समाजवादी ब्यवस्थाबाट नै यसको समाधान हुनेछ त्यसकोलागि जनताले विश्वास गर्नु पर्छ ।

राजधानीमा शनिबार एक मिडिया संगको विशेष कुराकानीमा उनले उक्त विचार ब्यक्त गरेका हुन । विप्लवले साम्राज्यवादीहरुले प्रचार गरेजस्तो हामी एकदलीय होइनौं, हामी जनताको प्रतिस्पर्धात्मक व्यबस्थामा जाने हो भनेका छन ।

समाजवादी व्यवस्थाले नै पेरिसमा महिलालाई र रसियामा मजदुरहरुलाई भोटको अधिकार दिएको प्रशंग उल्लेख गर्दै उनले अहिले नेपालमा अधिकारको होइन पैसाको प्रतिस्पर्धा भइरहेको र संसदीय व्यवस्थाले जनताको अधिकारको समाधान र सम्मान गर्न नसकेकाले अब समाजवादी व्यवस्थामा जाने आधार तयार भएको बताए ।

स्थानीय चुनाव खारेजीको क्रममा देशभर बम पड्काइएको बारेमा उनले भने दिन दहाडै विदेशी आएर नेपाली नागरिक गिरफ्तार गर्छ र मार्छ तर यहाँको राज्य पिसाव फेरेर बस्छ विदेशीसामु शीर झुकाउने र भ्रष्टाचारले ब्याप्त व्यवस्थाप्रति कोहीपनि सहमत नभएकोले सानो स्तरमा प्रतिरोध स्वरुप जनताले बम पड्काएका हुन् भोली त यो ठूलो स्तरमा जान्छ ।

विभिन्न पार्टीहरुसित एकता चलिरहेको बारेमा विप्लवले भने यो कम्युनिष्टहरुबीचको ध्रुवकरण हो निरन्तर चलिरहने छ ।

मान्छेमात्र धेरै भएको पार्टी बनाउदैनौं, विचारको आधारमा कम्युनिष्ट पार्टीहरुवीच ध्रुविकरण भइरहेको छ, स्वाधिनताको पक्षमा कार्यक्रम मिल्ने सच्चा प्रजातन्त्रवादी र देशभक्तहरुसित कार्यगत एकता गछौं ।

एक प्रशंगमा शेरबहादुर देउवा र प्रचण्डको गठजोडलाई विप्लवले प्रहसन भनेका छन् ।

सम्बन्धित समाचार