काठमाडौं, २६ भदाै । राप्रपा र राप्रपा प्रजातान्त्रिकको बैधानिकताबारे अाज (सोमबार)का लागि सर्वोच्च अदालतले तोकेको बहस स्थगित भएको छ ।
सर्वोच्च अदालतले सोमबारका लागि दुवै पक्षलाई बोलाएको छलफल स्थगित भएपछि राप्रपाका अध्यक्ष कमल थापाले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै लेखेका छन् ‘विभाजनकारीहरुको आज मन्त्री पदमा सपथ, सर्वोच्च अदालतबाट आज तोकिएको विभाजन बैधानिकता बहस स्थगन, लोकतन्त्र र कानुनी राज्यको उपहास ।’
राप्रपाका अध्यक्ष कमल थापाले गत भदौ ११ गते राणाको पार्टी अवैधानिक भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सो रिटमा सर्वोच्चका न्यायाधीश केदारप्रसाद चालिसेकोे एकल इजालसले भदौ २६ गते दुवै पक्षलाई छलफलमा बोलाउने आदेश दिएका थिए ।
थापाविरुद्ध असनतुष्टी जनाउदै नेता पशुपति सम्शेर राणाले गत साउन २२ गते छुट्टै पार्टी दर्ता गराएका थिए ।