काठमाडौं । माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ नेतृत्वकाे लागि भएको निर्वाचनमा रन्जित तामाङ अध्यक्ष पदमा बिजयी भएका छन । कुल खसेको मत मध्य बिजयी ले तामाङले थोरै मात्र बढी मत प्राप्त गरेका छन भने उनका प्रतिस्पर्धी अनिल शर्मा र उनि बिचमा झिनो मत अन्तर रहेको छ ।
बिद्यार्थी संगठनमा निर्वाचनमा माउ पार्टीका मुख्य नेता देखी दोस्रो तहका नेताहरु खेलेको कुरा छर्लङ्ग देखिन्थ्यो । पछिल्लो समय माओवादी केन्द्र भित्र गुट उपगुट र एक अर्का प्रति असन्तुष्ट व्यक्त मात्र होइन षड्यन्त्र समेत गरेको देखिन्छ । बिद्यार्थी संगठनको सम्मेलन सम्म पुग्दा बिषयहरु सतहमा आएका छन ।
अध्यक्षका दुइ उम्मेदवार मध्य रुकुम घर भएका अनिल शर्मा लाइ जनार्दन शर्मा लगायत थोरै मात्र नेताको समर्थन थियो भने पार्टीकै मुल नेतृत्व सहित मुख्य नेताहरुको समर्थन झापा निवासी रन्जित तामाङलाइ रहेको देखिन्थ्यो । सम्मेलनका कतिपय प्रतिनिधिले जनार्दन शर्माको लोकप्रियता देखी अन्य नेताहरू डराएर अनिल शर्माको विरुद्धमा लागेको चर्चा गरेको देखिन्थ्यो भने कतिपयले रन्जित तामाङ नै पार्टीका आधिकारिक उम्मेदवार रहेको भन्दै चर्चा गरेको सुनिन्थ्यो।
जवस मोर्चाको नेतृत्व निर्माण सम्बन्धि नेताहरुले रुची राख्ने कुरा नौलो बिषय नभए पनि बिद्यार्थी संगठनको बारेमा दोश्रो तहका नेताहरुको भिडन्त भने नया नै थियो । अनिल शर्मा गृहमन्त्री जनार्दन शर्माका आफ्नै भाइ हुन भने पुर्वका रन्जित तामाङलाइ अर्का नेता अनन्त सहित पार्टी मुख्यालयकै पुर्ण सहयोग रहेको कुरा सम्मेलनको बन्द सत्र भित्र चर्चाको बिषय बनेको थियो । राजनितीबाट