'२ नं प्रदेश एमालेको जन्मभूमि हो, यहाँ पनि एमाले पहिलो पार्टी बन्छ': गाैतम

अनलाइन दर्पण 2017-08-26
img

काठमाडौँ । नेकपा (एमाले) का कार्यवाहक अध्यक्ष वामदेव गौतमले २ नं प्रदेश एमालेको जन्ममूभि भएकाले स्थानीय तहको निर्वाचनमा यहाँ पनि एमाले सजिलै पहिलो पार्टी बन्ने दावी गरेका छन् । 

राजधानीमा आयोजित  जनवर्गीय संगठनको अगुवा कार्यकर्ता भेलालाई शनिबार सम्बोधन गदै उनले भने, “एमाले जुन ठाउँमा जन्मिएको हो । त्यही ठाउँमा असोज २ गते निर्वाचन हुँदैछ । त्यसैले, आफू जन्मिएको ठाउँमा एमालेले पहिलो स्थान ल्याउँछ ।” 

उनले मधेशवादी दल च्याउ उम्रेजस्तै उम्रेपनि एमालेले स्थानीय तहको निर्वाचनमा अग्रणी स्थान हासिल गर्ने बताए । पटकपटकको परीक्षामा एमाले पास भएको भन्दै प्रदेश नं २ को स्थानीय निर्वाचनमा पनि पहिलो स्थान ल्याएर पास हुने उनको भनाइ थियो । 

साथै कार्यक्रममा एमाले उपमहासचिव विष्णु पौडेलले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले एक्लाएक्लै चुनावमा लड्ने सामथ्र्य  गुमाइसकेकाले गठबन्धन गरेर चुनाव लड्न लागेको आरोप लगाए । उनले दुई पार्टीको गठबन्धनलाई एमालेले एक्लै प्रदेश नं २ को निर्वाचनमा जित्ने दावी समेत गरे । 

सम्बन्धित समाचार