जिल्ला समन्वय समिति भक्तपुरमा एमाले बिजयी

अनलाइन दर्पण 2017-08-06
img

भक्तपुर,  २२ साउन । जिल्ला समन्वय समिति भक्तपुरमा नेकपा एमालेको  प्यानलनै  बिजयी भएको  छ । नेमकिपाका उम्मेद्वारहरुर्लाइ पराजित गर्दै एमालेले जिल्ला समन्वय समितिमा जित हासिल गरेको हो । 

नौ सदस्यीय समितिका लागि भएको निर्वाचनमा  एमालेका तर्फबाट प्रमुखमा नवराज गेलाल,उपप्रमुखमा सरिता कुँवर बिजयी भएका छन  भने सदस्यहरुमा  शकुन्तला श्रेष्ठ, गीता देउजा, कमला पोखरेल, श्रीराम व्यान्जु, उमेश श्रेष्ठ, बाबुकाजी श्रेष्ठ र दलित तथा अल्पसंख्यक सदस्यमा गीता विसुङ्खे निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

कुल आठ मतदाता  रहेको भक्तपुरमा एमालेको पाँच मत, नेमकिपाको दुई मत र नेपाली काँग्रेसको एक मत रहेको छ ।
चार वटा स्थानीय तहका प्रमुख र उपप्रमुखले मात्र मतदान गर्न पाउने व्यवस्थाअनुसार भक्तपुर, मध्यपुरथिमि, सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगर प्रमुख एवं उपप्रमुखगरी आठ जनाले मतदान गरेका थिए ।
मध्यपुरकी उपप्रमुख अन्जना मधिकर्मी भने मतदान प्रक्रियामा समावेश भइनन् । उनी नेपाली कांग्रेसबाट निर्वाचित हुन् ।

सम्बन्धित समाचार