यसकारण रबी राणा र रुपक न्यौपानेको प्यानललाई जिताउनुहोस्

अनलाइन दर्पण 2021-09-25
img

नेपाली कांग्रेसको १४ अौं महाधिबेशन अन्तर्गत अाज असोज ९ गते नगर अधिबेशन सुरु हुँदैछ। अाज उमेदबारहरूको उमेदबारी दर्ता हुनेछ। भक्तपुर जिल्लाका चार नगरपालिका चाँगुनारायण,भक्तपुर,मध्यपुर थिमि र सूर्यबिनायक नगरपालिकामा ९ गते नै नगर अधिबेशन सुरु हुँदैछ। कुनै पनि नगरपालिकामा सहमति हुन सकेको छैन। अा अाफ्नै प्यानल बनाएर चुनाबमा उत्रीने भएका छन्। सूर्यबिनायक नगरपालीकामा वडा अधिबेशन सम्पन्न भएदेखिनै निशान ढुङ्गेल र रबी राणाको दुईवटा प्यानल घोषणा गरि अा अाफ्नो प्यानलले जित्नु पर्ने भन्दै क्षेत्रीय प्रतिनीधिहरूसँग।भोट मागी रहेका छन्।

रबी राणाको प्यानलमा नेपाली कांग्रसका प्रभाबशाली युवा नेता रुपक न्यौपाने पनि सह सचिबमा अटेका छन्। यसकारण रबी राणा र रुपक न्यौपानेको प्यानललाई जिताउन अाग्रह गरेका छन्। रबी राणा र रुपक न्यौपाने नेपाली कांग्रेस सूर्यबिनायक नगरपालिकाका प्रभाबशाली युवा नेता हुन्। उनीहरूले सही नेतृत्व र पार्टीलाई सुदृढीकरण गरनेछन्।

नेपाली कांग्रेसको गढ मानिने सूर्यबिनायक नगरपालिकामा गुमेको शाखलाई पून: फिर्ता ल्याउने छन्। राजनीतिलाई पेशा बनाईरहेको अबस्था छ। अा अाफ्नै पेशा ब्यबसाय भएकाले राजनीतिलाई पेशा नबनाई बिशुद्ध समाजसेवा बनाउने छन्। अन्यपार्टीका कार्यकर्ता तथा नेतालाई नेपाली कांग्रेसको मूल धारको राजनीतिमा ल्याउन सक्षम हुनेछन्। नगरसमितिको पदमा बिजय भएपछि स्थानीय,प्रदेश र केन्द्रको निर्बाचनमा जनप्रतिनिधीहरूकालागि कुनै पनि पदमा दाबी गर्ने छैनन्। जनताका घरदैलोमा गएर बिकास निर्माणका काममा सघाउनेछन्। युवाहरूलाई ब्याबसायिक क्षेत्रमा लाग्न प्रेरित गर्दै समाज सेवा र बिकास निर्माणमा सहभागी गराउने छन्। अाफ्नो स्वार्थ पूरा गर्न नेताका घरदैलोमा चाहर्न जाने छैनन्। स्थानीय निर्बाचन,प्रदेश र केन्द्रको निर्बाचनमा पार्टीबाट उमेदबारहरूलाई जिताउने जिम्मा लिनेछन् र भक्तपुरमा नेपाली कांग्रेस पार्टीलाई एक नम्बरको पार्टी बनाउनेछन्।

सम्बन्धित समाचार

Advertisement