दोलखा गौरीशंकर गाउपालिका सम्पर्क मंच खड्काको नेतृत्वमा ४५ सदस्य कमिटी गठन

अनलाइन दर्पण 2021-09-05
img

  राजेश श्रेष्ठ

काठमाडौ ,भाद्र १९ । नेकपा(एमाले) को केन्द्रिय सदस्य पुर्ब सूचना तथा प्रबिधि मन्त्री पार्बत गुरुङको प्रमुख आतिथ्यमा दोलखा बाट काठमाडौं आइ बसोबास गर्ने गौरीशंकर गाउपालिकाको बासिन्दाहरु को भेला  भएको छ उक्त भेलामा केन्द्रिय सदस्य इस्वरी रिजाल , दोलखा जिल्ला अध्यक्ष इस्वर चन्द्र पोखरेल ,गौरीशंकर गाउपालिका प्रमुख सोयम बहादुर खड्का ,प्रदेश सभासद एबम प्रदेशको पुर्ब मन्त्री सरस्वती बस्नेत ,भिमेस्वर नगरपालिकाको मेयर भरत के सि ,मेलुङ गाउपालिका प्रमुख श्रेष्ठ गौरीशंकर गाउपालिकाको नेता जङ्ग गुरुङ ,युवा संघको नेता महाराज गुरुङ ,राजेश श्रेष्ठ ,अनेरास्ववियुका नेता रमेश श्रेष्ठ र दोलखा -काठमाडौ सम्पर्क मन्चको अध्यक्ष गणेश शिवाकोटी ,उमेश खड्का लगाएत खेलकुद महासंघको नेता तिर्थ खड्का लगाएत नेताहरुको सह भागिता रहेको थियो ।

उक्त कार्यक्रम को सभापति अमृत खड्काले गर्नु भएको थियो उक्त भेलाका प्रमुख अतिथि पार्बत गुरुङले एकता बद्द एमाले र दोलखा को समृद्दिका लागि सबै बिछ सहकार्य अहिले को आवश्यकता रहेको बताउनु भयो त्यस्तै समुर्ण नेताकार्यकर्तालाई पार्टी फुटमा नलाग्न र आवश्यकताका आधारमा सबैलाइ समेटेर लाने र कार्यकर्तालाई जिम्मेवार बनाउन जिल्ला नेतृत्व लाग्ने बताउनु भयो ।

उक्त भेलाले गाउँ सम्पर्क कमिटी गठन गरेको छ जस्मा नवराज खड्का,  रामकृष्ण लाे तामाङ-उपाध्यक्ष, सहदेव बराइली-सचिव, दावालाक्पा शेर्पा-सहसचिव,पासाङनिमा शेर्पा- काेषाध्यक्ष सहित ४५ सदस्यीय कमिटी गठन भयाे साथै गाैरिशंकर गाउपालिकाकाे नाै वटै वडाकाे वडा सम्पर्क मंच पनि गठन भएको छ ।

सम्बन्धित समाचार