काङ्ग्रेसलाई अब सक्षम नेतृत्व चाहिएको छ : वरिष्ठ नेता पौडेल

अनलाइन दर्पण 2021-06-19
img

नेपाली काँङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सङ्कटको सामना गर्न सक्ने सक्षम नेतृत्व पार्टीलाई चाहिएको बताएका छन् । स्थानीय तह र अस्पताललाई स्वास्थ्य सामग्री वितरण गर्न शनिबार आयोजित कार्यक्रममा उनले सक्षम नेतृत्व काङ्ग्रेसलाई आवश्यक रहेकामा जोड दिए ।

“मुलुक दुई धु्रवमा विभाजि छ, लोकतन्त्र पक्षधर एकजुट भएर अगाडी बढ्नुपर्छ । सहकार्य गर्न आउनेलाई साथमै लिएर लैजान तयार छौ,” उनले भने, “हामीसँग कोही मिल्न आउँछन् भने उनीहरुलाई टाढा बनाउन आवश्यक छैन ।” वरिष्ठ नेता पौडेलले राजनीति अप्ठ्यारो परिस्थितिबाट गुज्रिएको बताए ।

सो अवसरमा उनले तनहुँका दश र लमजुङका एक स्थानीय तहलाई करिब रु ३५ लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए । सबै पालिकालाई एक÷एक थान अक्सिजन कन्सन्ट्रेटर सहित फेसशिल्ड, मास्क, पिपिई लगायतका सामग्री हस्तान्तरण रिएको थियो ।

सम्बन्धित समाचार

Advertisement