श्रीकृष्ण बुढाथोकी । दोलखा। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुर्नगठन गरेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् हेरफेर गरेकी हुन् ।
राष्ट्रपतिको कार्यालयलबाट आज एक विज्ञप्ती जारी गर्दै संविधानको धारा ७६ को उपधारा ९ बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् नयाँ नियुक्ति, हेरफेर र कार्यविभाजन गरेको जनाएको छ । नव गठित मन्त्रीपरिषदमा नेकपा महासचिव विष्णु पौडेलले अर्थमन्त्रीको जिम्मेवारी पाएका छन् ।
त्यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । उनले सम्हाल्दै आएको रक्षा मन्त्रालय प्रधानमन्त्री ओलीले आफैंसँग राखेका छन् ।
त्यसैगरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय समालेका पार्वत गुरुङले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी पाएका छन् । गुरुङ दोलखा जिल्लाबाट प्रत्यक्ष निर्वाचित संसद हुन्।स्मरण रहोस् गुरुङ तत्कालीन नेकपा बाट सबैभन्दा बढी मत पाउने सभासद हुन्।विकास प्रेमी गुरुङ दोलखाली जनजनमा छाएका व्यक्ति हुन्। उनले यसअघि समालेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा भने लिलानाथ श्रेष्ठलाई दिइएको छ