काठमाडौं । सत्तारुढ नेकपाका नेता तथा पूर्व संचारमन्त्री गोकुल बास्कोटाले प्रमुख प्रतिपक्षी नेपाली काग्रेसका ८ सांसदले दर्ता गराएको संविधान संशोधनको प्रस्ताव माथी तिखो कटाक्ष गरेका छन् ।
काग्रेसको खास्टोमा रहेको विरालोले आखिर म्याउँ गरेरै छोडेको भन्दै बास्कोटाले अब काग्रेसलाई कता को माया बढि लाग्ने हो उसले भनोेस पनि भनेका छन् ।
आन्तिरक विषयमा छलफल गर्न सकिने तर राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उदेश्यले काग्रेसले किचलो गरेको बास्कोटाको आरोप छ । बास्कोटाले लेखेका छन् “काँङग्रेसकाे खास्टाेमा रहेकाे बिरालो आखिर म्याउँ गरी छाड्याे ।
आन्तरिक राजनीतिक मुद्दामा पछि छलफल गरे हुन्छ । तर काँङ्ग्रेस आफैले आफ्ना चार मध्ये दुई पिलर मानेकाे राष्ट्र र राष्ट्रियताका विषयमा अनुचित उदेश्य सहित किचलाे झिक्नु कति शाेभनिय हाे ? कता माया लाउने हाे,उसैले साेचाेस”।