काठमाडौं । नेकपा एमालेका तत्कालिन महासचिव मदनकुमार भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २७ औं स्मृति दिवस आज मनाइँदैछ ।
कोरोना महामारीका कारण यस वर्ष नेपाल कम्युनिष्ट पार्टीले मदन आश्रित स्मृति दिवसमा कुनै औपचारिक कार्यक्रमको आयोजना गरेका छैन् ।
२०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको रहस्यमय जिप दुर्घटनामा परी भण्डारी र आश्रितको निधन भएको थियो । सो दिनको सम्झनामा नेकपाले जेठ ३ गते सो दिवस मनाउँदै आएको हो ।
रहस्यमय रहेको यो घटनाको वास्तविक कारण अहिलेसम्म बाहिर आउन सकेको छैन । दुर्घटनाका साक्षी रहेका जिप चालक अमर लामाको हत्या भएपछि यो घटना थप रहस्यमय भएको हो । दुई वर्षअघि आजैका दिन एमाले र माओवादी केन्द्रको एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको थियो ।