काठमाडौं, १४ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली शितल निवास पुगेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवास पुगेका हुन्।
राजनीतिमा संकट आइरहेको बेला राष्ट्रपति भेट्न जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
पछिल्लो विकसित घटनाक्रमलाई लिएर कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शितल निवास गएको स्रोतले जानकारी दियो ।
यसअघि ११ वैशाखमा सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश र संवैधानिक परिषदसम्बन्धी पहिलो संशोधन अध्यादेश ल्याउने निर्णयविरुद्ध चर्को आलोचना भएपछि ओलीले राष्ट्रपतिलाई भेटेका थिए ।