लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने छुः सभामुख सापकोटा

अनलाइन दर्पण 2020-02-02
img

काठमाडौँ, १९ माघ । नव नियुक्त सभामुख अग्निप्रसाद सापकोटाले जननिर्वाचित सर्वोच्च संसद्को गरिमा उच्च राख्न इमान्दारीताका साथ कार्यसम्पादन गर्ने प्रतिबद्धता गरेका छन् । अन्तर्राष्ट्रिय सम्बन्ध समितिका सदस्य सापकोटा सभामुखमा निर्वाचित भएपछि उक्त समितिले आज बिहान उनको सम्मानमा बिदाइ तथा बधाई कार्यक्रममा बाेल्दै उहाँले लोकतन्त्रको विकास, विस्तार र सुदृढीकरणमा अहोरात्र खट्ने दृढता व्यक्त गर्नुभयाे ।

“विधि, पद्धति र प्रक्रियाको पूर्णपालना गर्नेछु, राष्ट्र र जनताको सर्वोपरी हितका लागि काम गर्ने मेरो भगिरथ प्रयत्न रहनेछ ।” सभामुख सापकोटाले देशभक्ति र सदाचारका लागि कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयाे ।

समितिका सदस्यहरुले योग्यता र क्षमताका आधारमा मात्र नभई विपक्षी दलको समेत सहयोगमा सभामुखमा निर्विरोध निर्वाचित भएका समितिका सदस्यलाई संसद्को सर्वोच्च पदमा आसिन भएको देख्न पाउँदा आफूहरुलाई गौरवको अनुभूति भएको बताउँदै राष्ट्रघात हुने कुनै पनि काम सभामुखबाट नहुने उहाँले बताए ।

सम्बन्धित समाचार