अंगद यादव
नवलपरासी पश्चिम १६ साउन। नवलपरासी पश्चिम प्रतिनिधि सभा १ (ख) का प्रदेशसभा सदस्य अजय बहादुर शाहीले प्रतापपुर गाउपालिका वडा नं.-८ गंगापुर मा रहेको इन्द्र सुगर एण्ड ऐग्रो सुगर मिलमा रहेको डिष्ट्रिलरी संचालन गराउनमा अाफ्नो कुनै सहयोग नरहेको बताउनु भएको छ ।
अनलाइन दर्पण संगको कुराकानीमा शाहीले मिलको मापदण्ड अनुसार र स्थानियको सहमति बिना डिष्टि्लरी सुचारु कहिले पनि हुन नसक्ने ठोकुवा गरे । अाफु लाई बदनाम गर्न केही समूह लागि परेको बताए ।
सुगर मिल लाई सरकारले निर्धारण गरेको उखु मूल्य अविलम्ब किसानलाई भुक्तानी दिनुपर्नेमा चेतावनी दिए । बिगत लामो समय देखि डिष्ट्रिलरी संचालन हुन नदिनका लागि स्थानीय बासीले पटकपटक विरोध तथा उक्त मिलमा तालाबन्दी समेत गर्दै अाएका छन ।
डिष्ट्रिलरी सुचारू हुदा त्यसबाट निस्कने दुषित पानी र धुवाबाट वरपरका एक दर्जनभन्दा बढि गाउँका जनताको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने, साथै किसानले लगाएको बालीमा उक्त मिलको पानीले पुरै बाली नष्ट हुने स्थानिय प्रदिप सिंह थापाले बताए ।
सुगर मिलबाट निस्कने दुषित पानी र धुवा नियन्त्रण गर्न मिलले कुनै वैकल्पिक उपाय नखोजेको स्थानीयको गुनासो छ ।
सरकारले निर्धारण गरेको समर्थन मूल्य रु. ५३६.५६ अनुसार नै भुक्तानी दिनु पर्ने किसानहरूले माग गरेका छन् तर अहिले मिलले मात्र प्रति क्विन्टल ४६६.९२ भुक्तानी दिइरहेका छन् । सरकार द्वारा निर्धारण गरिएको मूल्य अनुसार नै भुक्तानी दिनु पर्ने अजय शाहीले माग गर्नु भएको छ ।