भक्तपुर ,९ फागुन । बिगत ८ बर्षदेखी रोकिएको स्ववियू निर्वाचन यही फागुन १८ गते हुने भएपछी नेत्रबिक्रम चन्द (विप्लब) निकट अखिल (क्रान्तिकारी) ले भक्तपुरको सानोठिमी क्याम्पसमा आज आफ्नो उम्मेद्वारी घोषणा गरेको छ ।
क्रान्तिकारीको आज बसेको बैठकले स्ववियूको अध्यक्षमा भक्तपुर जिल्ला कमिटिका अध्यक्ष सुनिल बन्जाडे, सचिबमा जिल्ला कमिटिका सचिब निसन राई र कोषाध्यक्षमा सानोठिमी क्याम्पसका इकाई अध्यक्ष मानबहादुर डाँगीलाई उम्मेदवार बनाउने निर्णय गरेको सचिवका प्रत्यासी एबम जिल्ला सचिब राईले जानकारी दिए ।
त्रिभुवन बिश्वबिद्यालयले फागुन १४ गते हुने भनिएको निर्वाचन ४ दिन सारेपछि (क्रान्तिकारीले) निर्वाचनमा सहभागी हुन् लागेको हो ।