नेकपामा एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको जिम्मा दिईने

अनलाइन दर्पण 2018-07-15
img

काठमाण्डौं । पार्टी एकतापछि केन्द्रीय सदस्यको संख्या ह्वात्तै बढेपछि नेकपाले एक केन्द्रीय सदस्यलाई दुई गाउँपालिकाको इन्चार्जको जिम्मेवारी दिने भएको छ ।

९ सदस्यीय केन्द्रीय सचिवालयले अन्तिम चरणमा पुर्‍याएको विधानमा केन्द्रीय सदस्यलाई गाउँपालिका र नगरपालिकाको इन्चार्ज बनाउने तयारी गरेको हो ।

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल बसेर ‘सहमति’ जनाउनासाथ विधान छाप्न पठाइने सचिवालयका एक सदस्यले बताए ।

विगतमा एमालेका केन्द्रीय सदस्यलाई जिल्ला इन्चार्जको जिम्मेवारी दिइन्थ्यो । पार्टी एकतापछि केन्द्रीय सदस्यलाई स्थानीय तहको इन्चार्ज बनाउने व्यवस्था विधानमा गरिएको उच्च स्रोतले बतायो ।

‘केन्द्रीय सदस्यलाई २ वटा स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने व्यवस्था विधानमा गरिएको छ’, स्रोतले भन्यो ।

केन्द्रीय सदस्यको संख्या ४ सय ४१ बनाइएपछि सबै केन्द्रीय सदस्यलाई भूगोलको जिम्मा दिन स्थानीय तहको इन्चार्जको जिम्मेवारी दिने तयारी गरिएको नेताहरूले बताएका छन् ।

पूर्ववत् एमालेका केन्द्रीय सदस्यले भने यसलाई ‘घटुवा’ का रूपमा व्याख्या गरेका छन् । उनीहरूले सचिवालयका नेतासामु यस्तो व्यवस्था नगर्न सुझाव दिएको बताएका छन् । यो खबर हामीले आजको अन्नपुर्ण पोष्ट दैनिकबाट लिएको हौं ।

सम्बन्धित समाचार

Advertisement