चितवन,फागुन ८ । अनेरास्ववियु चितवनले फागुन १८ गते हुने स्ववियु निर्वाचनका लागी विभिन्न क्याम्पसमा उम्मेद्वार घोषणा गर्ने क्रम तिव्र पारेको छ ।
अखिलको वलियो संगठन भएको क्याम्पसको रुपमा चिनिएको चितवनको सप्तगण्डकी क्याम्पसमा शिव ढकाललाई सभापतिको उम्मेद्वार वनाउने निर्णय गरिएको छ ।
शनिवार वसेको क्याम्पस कमिटीको वैठकले सर्वसम्मत रुपमा ढकाललाई अध्यक्षको उम्मेद्वार वनाउने निर्णय गरेको अखिल जिल्ला सचिव प्रकाश आचार्यले जानाकारी दिए । ढकाल विद्यार्थीमाझ भिजेका र लोकपृय भएकाले उनलाई उम्मेद्वार वनाइएको आचार्यले बताए ।
ढकाल २०६४ सालदेखी विद्यार्थी राजनितीमा सक्रिय रहेका छन् । उनि सप्तगण्डकी क्याम्पसमा सेक्सन कमिटी अध्यक्ष हुदै क्याम्पस कमिटी कोषाध्यक्ष र २२ औ सम्मेलनवाट क्याम्पस कमिटी अध्यक्ष निर्वाचित भएका हुन् । स्नोकोत्तर अध्यनरत ढकाल विद्यालयदेखीनै अखिलको राजनितीमा सक्रिय रहेका छन् ।