झुकेर एकता गरिदैन: प्रचण्ड

अनलाइन दर्पण 2018-05-07
img

काठमाडाैं , २४ वैशाख। माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् । पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्ने जवाफ दिएका हुन् ।

वाईसीएल स्कुलिङ विभागले आयोजना गरेको ‘समसामयिक परिस्थितिमा युवाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी भएका प्रचण्डले अहिले नै सम्पूर्ण विषयको टुंगो लागि नसकेको भन्दै मिडियामा आएको जस्तो कुनै पनि सहमति नभएको बताए ।

६०/४० को हैसियतमा एकता गर्ने, तीन वर्षपछि प्रधानमन्त्री बन्ने विषयमा मिडियामा आएको जस्तो सहमति नभएको प्रचण्डले युवाहरुलाई बताएका थिए ।

सम्बन्धित समाचार

Advertisement