स्ववियूमा दुई तिहाई सिट जित्ने अखिलको दाबी

अनलाइन दर्पण 2017-02-17
img

काठमाडौं  । आगामी फागुन १८ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनमा अनेरास्ववियुले  दुई तिहाई सिट जित्ने अनेरास्ववियुकी अध्यक्ष्य नबिना लामाले दाबी गरिन ।  

राजधानीमा आज आयोजीत एक भेलामा उनले यस्तो दाबी गरेकी हुन् 

नेपाल विद्यार्थी संघले विभिन्न क्याम्पसमा तालाबन्दी गरेको छ, अर्कोतर्फ आज रेक्टरको गाडी जलाइएको छ ,यस्ता कार्यको अनेरस्वोबियु भत्सर्ना गर्दछ । निर्वाचनको परिणाम देखी डराउनेहरुले यस्ता कार्य गरेको उनको आरोप छ  ।’

यो पटकको निर्वाचनमा आफ्नो संगठनले देशभरीका क्यम्पसहरूमा सभापति सहित ७२ प्रतिशत जित हाँसिल गर्ने दाबी समेत गरिन् । 

सम्बन्धित समाचार