तिवारीको हत्या षड्यन्त्रपूर्ण: एमाले

अनलाइन दर्पण 2016-12-19
img

काठमाडौं। युवा संघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यालाई लिएर नेकपा एमालेले सरकारमाथि प्रश्न उठाएको छ ।

सोमबार साँझ विज्ञप्ति जारी गर्दै एमालेले  घटनामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग गरेको छ । तिवारीको सोमबार दिउँसो अज्ञात समूहले गोली हानी हत्या गरेको थियो । 

विज्ञप्तिमा प्रधानमन्त्री प्रचण्डले एमाले र आन्दोलनरत जनताविरुद्ध उत्तेजक अभिव्यत्ति दिएको र गृहमन्त्रीले उक्साहटपूर्ण भनाइ राखिरहेको बेला घटना भएको भन्दै एमालेले भनेको छ, देश र जनताको सुरक्षा गर्नुपर्ने व्यक्तिहरुको त्यस्तो उत्तेजना र उक्साहटपूर्ण अभिव्यक्ति सार्वजनिक भएकै बेला यो देशभक्त नेपालीहरुमाथि गरिएको षड्यन्त्रपूर्ण आक्रमण हो ।’

सम्बन्धित समाचार