काठमाडौं, २९ चैत। नेपाल कम्युनिस्ट पार्टीले समानान्तर सत्ताको रुपमा गठन गरेको जनपरिषद् नेपाल अाक्रामक बन्न थालेको छ ।
पहिलो चरणमा स्थानीय तहका सबै जनप्रतिनिधिको राजिनामा माग गरेको अवध स्वायत्त प्रदेश अन्तरगत जिल्ला जनपरिषद नवलपुरले गाउँपालिकाको कार्यालय नै कब्जामा लिएको छ ।
रुपन्देहीको अोमसतिया गाउँपालिका-५ र नवलपुरको हुप्सेकोट गाउँपालिका – ३ को कार्यालयमा रहेका कम्पयुटर,प्रिन्टर र फोटोकपी मेशिन लगायतका कार्यलयका सम्पूर्ण सामानहरु जनपरिषद्ले बुधबार राति कब्जामा लिएको छ ।
त्यसैगरी जनपरिषद्ले रामेछाप जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा गर्न पत्र बुझाएको छ ।
जिल्ला जनपरिषद् प्रमुख तुफानले पत्र काटेर रामेछापका आठवटै स्थानीय तहका जनप्रतिनिधिहरुलाई राजिनामा गर्न भनेका छन् ।
पत्रमा पुरानो दलाल संसदीय व्यवस्थाका कारण भ्रष्टचारी, माफियाखोर, कमिशनखोरहरुले देशलाई कमजोर बनाएको भन्दै काम नगर्न प्रतिनिधिहरुलाई आग्रह गरिएको छ ।
जनपरिषद्का जिल्ला प्रमुख तुफानले विहीबार वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापनाले मात्र देशमा शान्ति, समृद्धि र विकास हुने भएकोले नेकपाको जनसत्तामा सहभागी भइदिन पनि जनपरिषदले प्रतिनिधीहरूलाई आग्रह गरेका छन् ।
राजिनामा नदिए जनविरोधी घोषणा गरेर जनकारवाही गर्ने चेतावनी समेत पत्रमा दिइएको छ ।
“कथित विकास निर्माणको भ्रष्टाचार, कमिसन र लुटतन्त्र व्यापक रुपमा नयाँ तरिकाले चल्न सुरु भएको । यो संसदीय दलाल पुँजीवादी व्यवस्था कुनैपनि अर्थमा राष्ट्र र जनताको हितमा छैन र हुन सक्दैन भन्ने व्यवहारतः पुष्टि भएको छ । यो गरिब जनताको पहुँचमा छैन, मुठिीभर दलाल पुँजीपति वर्गको स्वार्थ र पगमा मात्र सिमित भएको छ । तसर्थ राष्ट्र र जनताको हि तगर्नको लागि तथा शान्ति, समानता, सुशासन, स्वाधीनता र समृद्धिको निम्ति संसदीय दलाल पुँजीवादी व्यवस्थाको छिटै अन्त्य गर्न एकीकृत जनक्रान्तिमार्फत वैज्ञानिक समाजवादी क्रान्तिको ऐतिहासिक अभियान सफल पार्न नगरपालिका, गाउँपालिकाका प्रमुख, अध्यक्ष, वडाअध्यक्षबाट राजिनामा दिई जनसत्तालाई समर्थन र सहयोग गरिदिनहुन हाम्रो जनपरिषद्को तर्फबाट हार्दिक अनुरोध गर्दछौं । यदि राजिनामा नदिएमा तपाईँलाई राष्ट्र, जनता र जनत्ता विरोधीको रुपमा जनकारवााहीँ समेत गरिने कुरा जानकारी गर्दछौँ” पत्रमा उल्लेख गरिएको छ ।
यस्तो छ राजिनामा गर्न भनिएको पत्र