फुटको संघारमा नेपाली काँग्रेस ! हिन्दु राष्ट्र र राजसंस्था फर्काउन खुमबहादुरले पार्टी फुटाउने

अनलाइन दर्पण 2016-12-19
img

काठमाण्डौं, नेपाली काँग्रेस फेरि एकपटक फुटको संघारमा पुगेको छ । पार्टी सभापति देउवा क्याम्पमा रहेका काँग्रेसमा प्रभावशाली मानिने नेता खुमबहादुर खड्काले औपचारिक रुपमै काँग्रेस  पार्टी विभाजनको तयारी गरेका हुन् । हिन्दु राष्ट्र निर्माणको अभियानमा काँग्रेसले समर्थन नगरेपछि उनले आफु निकटका सयौ कार्यकर्तासहित काँग्रेस पार्टी फुटाउने निष्कर्षमा पुगेको स्रोतको दाबी छ ।


काँगेस  नेता बहादुर खड्काले पूर्वराजा ज्ञानेन्द्र शाहलाई आफु हिन्दु राष्ट्र र राजसंस्था फर्काउने अभियान थालेको भन्दै साथ दिन आग्रह समेत गरिसकेका छन् । गतहप्ता मात्रै नेपाली काँग्रेस सनातन हिन्दुराष्ट्र अभियानको टोलीसहित पूर्वराजालाई भेटेर राजसंस्था, र हिन्दुराष्ट्रको पक्षमा आफु अडिग रहेको बिश्वास दिलाएका थिए । 


नेपाली काँग्रेस सनातन हिन्दुराष्ट्र अभियानले आफ्नो नाम बाट नेपाली काँग्रेस शब्द अलग गर्ने तयारी भएको समेत गरेको  छ ।  यसका लागि काँग्रेसबाट ठुलो टिमसहित अलग्गिएर राजतन्त्र र हिन्दुराष्ट्रको अभियान चर्काउन खड्काको तयारी छ ।

अभियानका सदस्य लक्ष्मण घिमिरेले देश माओवादीकै एजेण्डामा घुमेको र नेपाली काँग्रेस पार्टी सामान्य निर्णयसमेत नगरी माओवादीकै एजेण्डाको वरिपरि घुमेकाले अब हिन्दुराष्ट्र र राजतन्त्रको पुर्नस्थापनाको अपरिहार्यता भएको बताएका थिए ।

सनातन हिन्दुराष्ट्र महाअभियानमार्फत राजसंस्था र हिन्दुराष्ट्र पुर्नःस्थापना गर्ने अभियानमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य खुमबहादुर खड्का सहित, तारानाथ रानाभाट, चिरञ्जिवी वाग्ले, लक्ष्मण घिमिरे, डा. रामचन्द्र अधिकारी, कुमार रेग्मी, खेमराज सेढाई, लोकेश ढकाल, बनमन्त्री शंकर भण्डारी लगायतका नेपाली कांग्रेसका नेताहरु छन ।

अभियानले पोखरा, दाङ, नेपालगंज, भैरहवा, मोरङ, तनहुँ, रामेछाप कञ्चनपुर र पर्सा लागायत २० जिल्लामा संगठन विस्तार गरिसकेको छ । 

सम्बन्धित समाचार