अनेरास्ववियू (क्रान्तिकारी) काे १४ अाै ईकाई सम्मेलन सम्पन्न

अनलाइन दर्पण 2016-12-19
img

सानाेठिमी,  ३० म‌‍‍‌सिर । नेत्र बिक्रम चन्द (विप्लप)  ले नेत्रित्व गरिरहेकाे नेकपा माअाेवादी निकट क्रान्तिकारी विद्यार्थीहरुकाे सानाेठिमी क्याम्पस इकार्इ कमिटिकाे १४ सम्मेलन भव्यरुपमा सम्पन्न भएकाे छ ।

बिहिबार दिउसाे सानाेठिमी क्याम्पसकाे गाेलघरमा सम्पन्न सम्मेलनबाट मान बहादुर डाँगीकाे अध्यक्षतामा ३१ सदस्यीय कमिटि गठन भएकाे हाे । 

कमिटिमा उपाध्यक्षमा बमलाल राहु मगर, सचिवमा आनन्द वली, सहसचिवमा घनश्याम खड्का कोषाध्यक्षमा राजकुमार वि‍‍‍‍‍क लगायत ३१ सदस्य कमिटि निर्माण भएकाे छ । 

उद्घाटन समाराेहमा बाेल्दै अनेरास्ववियू  (क्रान्तिकारी) का अध्यक्ष पूर्ण बहादुर सिंह ले त्रिवि ले स्ववियूकाे निर्वाचन समानुपातिक ढाँचामा तत्काल गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाले त्रि‍विले स्ववियू निर्वाचनका विषयमा वहस तथा छलफल चलाउदा कंग्रेस एमाले तथा माके निकट विद्यार्थी स‌ंगठनलार्इ मात्र बाेलाएर छलफलमै त्रिविले सिन्डिकेट लगाउन खाेजेकाे अाराेप लगाउनु भयाे । साथै अाफ्नाे संगठन  स्ववियू निर्वाचनमा  भागलिन तयार रहेकाे समेत उहाले बताउनु भायाे ।

यसै विच नेकपा  (माअाेवादी) का केन्द्रीय सदस्य तथा भक्तपुर जिल्ला समितिका सेक्रेटरी अाजात के्सी, संगठनका केन्द्रीय सचिव रामबहादुर वि‍ क‍ तथा उपत्यका व्यूराे स‌ंयाेजक लाेकेश विश्वकर्मा, क्याम्पस प्रमूख रामचन्द्र घिमिरे लगायतले सम्मेलनकाे सफलताकाे शुभकामना दिनुभयाे । 

सामना सांस्कृतिक परिवारकाे विशेस प्रस्तुती सहित नब अागन्तुक विद्यार्थीहरुलार्इ स्वगत तथा १४ अाै एकार्इ सम्मेलन भव्यरुपमा सफल भएकाे अनेरास्ववियू  (क्रान्तिकारी) का भक्तपुर जिल्ला काेषाध्यक्ष निसन रार्इले बताउनु भयाे । 

सम्बन्धित समाचार