माओवादीको कमाण्डदेखि प्रहरीको कमाण्डसम्म पुग्ने ‘बादल’ को हुन?

अनलाइन दर्पण 2018-04-02
img

काठमाडौं ।  गृहमन्त्री रामबहादुर थापा ‘बादल’ यसअघि २०६५ सालमा रक्षामन्त्री भएका थिए । २०६४ सालको संविधानसभा चुनावमा बादल चितवन क्षेत्र नम्बर २ बाट विजयी भएका थिए भने अहिले भने राष्ट्रियसभा सदस्य हुन ।

दोस्रो संविधानसभाको चुनावमा माओवादीमा आएको फुटका कारण बादलको तत्कालीन पार्टीले चुनाव बहिष्कार गरेको थियो ।

उनले मोहन वैद्य नेतृत्वको माओवादीमा रहेर चुनाव बहिष्कार गरेका थिए। तर अघिल्लो वर्ष उनले प्रचण्डसँग एकता गरेका थिए । एकता भएपछि पार्टीको नाम नेकपा माओवादी केन्द्र बनेको हो । एमालेसँगको जारी एकतामा पनि बादलको महत्वपूर्ण भूमिका रहेकाेछ ।

उनलाई राष्ट्रियसभाको सदस्य बनाउने प्रस्ताव एमाले नेताले नै राखेका हुन् । बादललाई राष्ट्रियसभाको अध्यक्ष बनाउने तयारी भए पनि उनले मन्त्रीमा इच्छा देखाएाक हुन।

राष्ट्रियसभामा बादलको जित अनिश्चित बनेपछि एमालले आफ्ना उम्मेदवार बेदुराम भुषालको उम्मेदवारी फिर्ता लिएको थियो ।

रामबहादुर थापा बादल माओवादी जनयुद्धका प्रमुख रणनीतिकार पनि हुन् । उनले तत्कालीन सोभियत संघबाट उच्च शिक्षा हासिल गरेका हुन ।

२०६५ सालमा थापा रक्षामन्त्री भएकै बेला तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल र तत्कालीन प्रधान सेनापति रुक्मांगद कटुवालबीचको विवाद चरम उत्कर्षमा पुगेको थियो ।

सम्बन्धित समाचार