मुख्यमन्त्रीको कुर्सीनजिक पुगेर हिस्स पारिएकी अष्टलक्ष्मीको यस्तो दुखेसो

अनलाइन दर्पण 2018-02-13
img

काठमाडौं, फागुन २ । एमाले स्थायी समिति बैठकक अत्यान्तै छरपष्ट हिसावले एउटा विवादले प्रवेश पाएको छ । महिला, त्यसमाथि काठमाडौं उपत्यकाको नेवार जनजाति, पार्टीगत हैसियतमा पनि निकै वरिष्ठ, आधी आकाशले संसदिय मोर्चामा बलियो उपस्थिति जनाउन नसकिरहेको बेला सक्षम र अनुभवी भएर मात्रै पनि मुलुककै पहिलो अनि एकमात्र मुख्यमन्त्री बन्ने अवसरबाट अष्टलक्ष्मी शाक्यलाई विमुख पारिदिएको घटनामाथिको चरम असन्तुष्टि थियो, त्यो ।

आइतबारको सो विवादमा एउटी महिलाको बाटो अर्की महिलाकै सक्रियतामा छेकिएको भन्दै विषयले निकै गम्भीर मोड लिएको स्रोतले बताएको छ । स्रोतका अनुसार राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख र संसदमा पनि ३३ प्रतिशत महिला उपस्थितिको प्रावधानबाट गुज्रदाँ अरुलाई नमूना देखाउने राष्ट्र नेपालमा यस्तो चित्त दुखाइको निशानामा पर्नुभयो राष्ट्रपति विद्यादेवी भण्डारी ।

उहाँले विभिन्न नेता र गुटका ठूलाबडलाई आफैँले फोन गरेर डोरमणि पौडेललाई भोट हाल्न लबिङ गरेको आरोप लाग्यो । मुख्यमन्त्रीको कुर्सीनजिक पुगरे हिस्स पारिएकी अष्टलक्ष्मीको दुखेसो थिया, ‘अध्यक्ष स्वयंले अघि बढ्नु भनेपछि म उठेकी थिएँ । डोरमणी कमरेडले राम्रो मन्त्रालय चाँही दिनुस् है भन्नु भएको थियो’ मैले हुन्छ भनेँ । आजको जनआस्था साप्ताहिकबाट ।

सम्बन्धित समाचार