माओवादीको तेजावबाट दुबै आँखा गुमाए, कांग्रेसले राष्ट्रिय सभाको उम्मेदवार बनायो

अनलाइन दर्पण 2018-01-23
img

काठमाडौं माघ ९ । नेपाली कांग्रेसले माओवादी जनयुद्धमा दुबै आँखा गुमाएका एक कार्यकर्तालाई राष्ट्रिय सभाको उम्मेदवार बनाएको छ। प्रदेश–६ बाट उसले रुकुमका गोपालप्रसाद शर्मालाई अपाङ्ग कोटाबाट राष्ट्रिय सभाको उम्मेदवार बनाएको हो।

माओवादी केन्द्र नेताहरुले आफ्नी श्रीमति नातेदारहरुलाई प्रदेश सभाको सांसद र राष्ट्रिय सभाको उम्मेदवार बनाइरहेका बेला कांग्रेसले टिकट दिएरु द्वन्द्वकालका पीडित कार्यकर्ताहरुमाथि न्याय गर्न खोजेको छ।

११ साउन २०५५ मा माओवादी कार्यकर्ताहरुले शर्माको रुकुम, दुईखोली–४ (हाल चौरजहारी नगरपालिका–११) स्थित घर घेराहाली कुटपीट गरेर आँखामा तेजाव हालिदिएका दिए। तेजाव हाल्नुअघि उनलाई निर्घात कुटेर मरणासन्न बनाइएको थियो।

घरका सबैजना सदस्यलाई कोठामा थुनेपछि निर्घात कुटपिट गरेर आँखामा तेजाव हालिएका शर्मालाई भोलिपल्ट विहान मरणासन्न अवस्थामै काठमाडौं ल्याएर उपचार गरिएको थियो। नेपाली कांग्रेसको राजनीतिमा सक्रिय भएवापत उनले माओवादी ज्यादति भोगेका थिए।

शर्मा २०४९ को स्थानीय निर्वाचनमा दुईखोली गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए। रुकुम कांग्रेसको जिल्ला सदस्य समेत रहेका उनी २०५४ को निर्वाचनमा भने पराजित भएका थिए।-नेपालखबर

सम्बन्धित समाचार