काठमाडौं,३ माघ । आगामी माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचनकालागि नेकपा एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलले ४३ सिटमा दुई पार्टीवीचको भागवण्डा मिलाएको छ ।
एमालेले २९ र माओवादीले १४ सिट पाउने गरी भागवण्डा मिलेको हो ।
एमाले संसदीय दलको कार्यालय सिंहदरबारमा बुधबार बसेको संयुक्त बैठकले दुई दलबीच सिटहरुको भागवण्डा मिलाएको हो । कार्यदलले ४३ सिटमा कुरो मिलाएको र अब यसलाई पार्टी एकता संयोजन समितिले अन्तिम टुंगो लगाउने कार्यदलका सुवासचन्द्र नेम्वाङले बताए ।
राष्ट्रिय सभाका ५६ सिटमध्ये १३ वटा सिटमा भने अन्य दलहरुसाग पनि तालमेलपछि निर्णय गरिने नेम्वाङले जानकारी दिएका छन् ।