३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के ?" /> <img src="http://tinyurl.com/fl4gg" height="1" width="1">३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के ? onlinedarpan.com

३ महिनाका लागि एनटीसीको आकर्षक अफर: १० रुपैयाँमा १०० मिनेट कल, अरू के–के ?

अनलाइन दर्पण 2019-10-17
img

काठमाडौं – नेपाल टेलिकमले ग्राहकहरूको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरअन्तर्गतको सेवा आज (२०७६ असोज ३० गते) देखि ९० दिन अर्थात् ३ महिनासम्म लिन सकिने व्यवस्था गरिएको नेपाल टेलिकमले जनाएको छ । यसअघि उपलब्ध समर अफर अन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको हो ।

पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको दाबी टेलिकमले गरेको छ ।

डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ ।

डे भ्वाइस प्याक अन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भएपनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ ।

पहिलेको १ हजार २ सयको प्याकलाई १ हजार, ३ हजार ४ सयको प्याकलाई ३ हजार, ६ हजार ४ सयको प्याकलाई ५ हजार ५ सय र १२ हजार ३ सयको प्याकलाई अब १० हजार ५ सय रुपैयाँ मात्र पर्ने भएको छ ।

पहिलेदेखि नै समर अफरका रुपमा उपलब्ध एक घण्टा अनलिमिटेड प्याक, अल टाइम डाटा प्याक, १ जीबी पर डे डाटा प्याक, नाइट डाटा प्याक, अनलिमिटेड नाइट डाटा प्याक, सोसल मिडिया प्याक, डाटा स्ट्रिमिङ प्याक, अल टाइम भ्वाइस प्याक, नाइट टाइम भ्वाइस प्याक, अनलिमिटेड नाइट भ्वाइस प्याक, पोष्टपेड प्याक, एसएमएस प्याक, सीयूजी प्याक, एफटीटीएच प्याकेज, विद्यार्थी अफर, चाइना कल अफर, इन्डिया कल अफर, एडीएसएल भोलुम बेस्ड प्याकेज, एडीएसएल अनलिमिटेड प्याकेज र मिस्ड कल अलर्ट सुविधालाई निरन्तरता दिइएको छ ।

त्यसैगरी फोरजी/एलटीई अफरको रुपमा हाल दिइरहेका विभिन्न सुविधाहरूलाई पनि निरन्तरता दिइएको छ ।

विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# मा डायल गर्नु पर्नेछ । कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिन्छ । त्यसैगरी कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत यससम्बन्धी विस्तृत जानकारी लिन सकिन्छ ।

सम्बन्धित समाचार

Advertisement