विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल तथा यसको नेटवर्कको प्रयोग गरेर हुने कुनै पनि किसिमका आपराधिक कार्यलाई साइबर अपराध भनिन्छ । सामान्य अर्थमा भन्नुपर्दा कानुनद्वारा निषेधित कम्प्युटरसम्वन्धीत दुरुपयोग वा अपराधहरू नै साइबर अपराध हो । इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याडउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ । यसलाई हेर्ने र रोकथाम गर्न ल्याईएको कानुन साइबर कानुन हो ।
इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्यलाई पनि साइबर अपराध मानिन्छ ।
नेपालको विद्युतीय कारोबार ऐन– २०६३ ले “कम्प्युटर, इन्टरनेट लगायतका विद्युतीय सञ्चारमाध्यमहरूमा प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्री वा सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री प्रकाशन वा प्रदर्शन गर्नेलगायतका कामलाई विद्युतीय कसुर” भनी परिभाषा गरेको छ ।
१.साइबर क्राइम भनेको के हो ?
-कम्युटर, मोबाइल एवं ईन्टरनेट नेटवर्क प्रयोगको माध्यमबाट कानून बिपरीतको कार्य गर्नु साइबर क्राइम हो ।
२.साइबर क्राइम अन्तर्गत के कस्ता कार्य पर्दछन ?
-यस क्राइम अन्तर्गत कल बाइपास,गैह्र कानूनी इमेल,एस.एम. एस.धम्की,फेसबुक इम्पोष्टर,पासवर्ड ह्याकिङ,फिसिङ,तथा तथ्यांक चोरी ,जातिय घृणा अश्लील र कानूनले निषेध गरेको फोटो आदि प्रदर्शित गर्ने जस्ता कार्य पर्दछन ।
३.कसैले साइबर क्राइमबाट पिडित हुन पुगे उजुर गर्ने म्याद ?
-साइबर क्राइम बारे थाहा भएको मितिले ३५ दिन भित्र प्रहरीमा उजुरी (जाहेरी दरखास्त दर्ता) गरी सक्नु पर्छ ।
४. साइबर क्राइम गर्नेलाई कति सम्म सजाय हुने प्रावधान छ ?
-अपराध पुष्टि भएमा ५० हजार देखि ३ लाख सम्म जरिवाना र ५ महिना देखि ५ वर्ष सम्म कैद सजाय हुन सक्छ ।
५. साइबर क्राइमबाट पिडित हुनबाट बच्न के गर्ने ?
-सरल प्रकृतीको पासवर्ड प्रयोग नगर्ने । बिभिन्न खालका प्रलोभन देखाउने इमेल र म्यासेजमा झट्ट बिश्वास नगर्ने । आफ्नो सत्य तथ्य बिवरण त्यस्तालाई उपलब्ध नगराउने । फेसबुक वालमा अनौंठो वाक्य वा शंकास्पद लिंक छन भने त्यसमा क्लिक नगर्ने । फेसबुकमा अन्जान ब्यक्तिसंग बिना परिचय सम्बन्ध नराख्ने । मोबाइल र मोबाइलको म्यासेज बक्समा गोप्य कुरा सेभ गरेर नराख्नुहोस किनकी त्यस्ता म्यासेज तपाइको मोबाइल नछोइकन अरुले सजिलै पढ्न सक्ने प्रबिधिको बिकास भई सकेको छ । भल्गर म्यासेजहरु नगर्ने, यौन सम्बन्धि म्यासेज नगर्ने, अरुको व्यक्तिगत जिबनमा दख्खल पुग्ने कुरा इन्टरनेट माध्यम द्वारा नगर्ने ।
६. फेसबुक अहिले अत्यन्त शक्तिशाली संचार माध्यम बन्दै गएकोले के कुरामा ध्यान दिने ?
ज्ञान बृद्धि गर्ने, आफ्नो ब्यक्तित्व बिकास गर्ने र बैध एवं सभ्य कुरा मात्र फेसबुकमा पोष्ट गर्ने र च्याट गर्दा अस्लिल असभ्य भाषा प्रयोग नगर्नुहोस किनकी राम्रो संस्थामा जागिर खाने, राम्रो बिश्वबिद्यालयमा पढ्ने वा बिदेश जाने प्रकृया अगाडी बढाइ रहनु भएको छ भने ख्याल गर्नुहोस तपाइको चारीत्रिक प्रमाणपत्रको अलावा आजभोली तपाईको फेसबुकको स्ट्याटस हेर्ने जाँच्ने गरिन्छ । तपाई साइबर क्राइममा पर्नु भयो भने तपाईले गोप्य रुपमा च्याट गरेका सबै कुरा अनुसन्धान अधिकारीले थाहा पाउने र पोल खुल्ने हुन सक्छ,जस्ले तपाईलाई थप पिडित बनाउन सक्छ ।