भुलेर पनि गर्नुहुँदैन स्मार्टफोनमा यस्ता कामहरु, पढ्नुहाेस् विज्ञको टिप्स

अनलाइन दर्पण 2019-08-25
img

एन्ड्रोइड स्मार्टफोनको प्रयोग कसरी गर्ने ? यसबारे प्रायः प्रयोगकर्ताहरु सचेत नै देखिन्छन् । तर, फोनको प्रयोगसँग जोडिएका केही यस्ता टिप्सहरु हुन्छन्, जसलाई पछ्याउँदा ब्याट्री टिक्नेदेखि फोन रफ्तारमा चल्ने हुन्छ ।

फोनको प्रयोग गर्दा हुने गल्तीहरुमध्ये केही यस्ता गल्तीहरु छन्, जुन गल्ती प्रायः हरेक प्रयोगकर्ताले गर्छन् । यहाँ त्यस्ता गल्ती र त्यसबाट हुने नोक्सानीका बारेमा केही टिप्सहरु प्रस्तुत गरिएको छ-

१. अज्ञात स्रोत भएका एप्सबाट बचौं ।

क. पाइरेसीबाट बच्नुपर्छ ।
ख. पैसा तिर्नुपर्ने एप्सको लोभ नगर्नुहोस् ।
ग. APK फाइलबाट फोनको नोक्सानबाट बचौं ।
घ. तपाईं कसैको निगरानीमा हुन सक्नुहुन्छ ।

२. पृष्ठभूमिका एप्स पटक पटक बन्द नगरौं ।

क. फोनको र्‍यामलाई असर पर्छ ।
ख. बन्द एप्स जिरोबाट सुरु हुन्छ ।
ग. पूरै डाटा फेरिबाट स्टोर हुन सुरु हुन्छ ।
घ. ब्याट्रीमा भार पर्छ ।
ङ. एन्ड्रोइडले र्‍यामलाई आफैं व्यवस्थापन गर्छ ।

३. एन्टीवायर इन्स्टल नगरौं । यसका फाइदा र बेफाइदा दुवै छन् । 

क. फोन सुस्त चल्छ ।
ख. प्रोसेसरको गतिमा असर पर्छ ।
ग. फोनको सेक्युरिटीमा असर गर्दैन ।
घ. फाइललाई पटकपटक स्क्यान गर्छ ।
ङ. फोनको ब्याट्री धेरै खर्च हुन्छ ।

४. ब्याट्री सेभर्स एप्स के गर्ने ?

क. सेटिङ्गमा परिवर्तन गर्छ ।
ख. पृष्ठभूमिको एप्सलाई बन्द गराउँछ ।
ग. फोनका एप्सहरु बिगार्छ ।
घ. ब्याट्रीलाई हानी पुर्‍याउँछ ।

५. नक्कली एप्सबाट बच्नुहोस् ।

क. एन्ड्रोइडमा नक्कली एप्सहरु प्रशस्तै हुन्छन् ।
ख. उस्तै देखिने फेक एप्सबाट बच्नुपर्छ ।
ग. औपचारिक एप्समात्र इन्स्टल गर्नुपर्छ ।
घ. भ्रममुक्त होऔं, एप्सले हार्डवेयर फिचर बढाउन सक्दैन ।
ङ. फोन बिगार्न पनि सक्छ ।

जानकारीका लागि सेयर गर्दै जानुहाेस्

सम्बन्धित समाचार

Advertisement