घरमै बसी न्यून शुल्कमा यसरी गर्नुहोस् लोकसेवाको तयारी

अनलाइन दर्पण 2019-06-04
img

काठमाडौं । सरकारी जागिर भन्नेबित्तिकै धेरै नेपाली आकर्षित हुन्छन् । सरकारी सेवामा प्रवेश गर्ने मुख्य ढोका लोकसेवामा जाँच दिनेको संख्या बर्सेनि लाखौँमा हुन्छ । अहिले पनि लोकसेवाले हजारौँ संंख्यामा कर्मचारी माग गर्दै विज्ञापन गर्ने समाचार आइरहेका छन् ।

सरकारी नोकरीमा अवसर पाउनु सजिलो पक्कै पनि छैन । तोकिएको अध्ययनपछि सान्दर्भिक विषयमा गहन अध्ययन गरेपछि मात्र लोकसेवामा नाम निकाल्न सकिन्छ भनेर विभिन्न तयारी कक्षा धाउनेको संख्या पनि कम छैन । यसैलाई ध्यान दिएर मन्त्र आइडियाज कम्पनीले लोकसेवा एप बनाएको छ । प्रविधिको प्रयोग गर्दै अब आफ्नो मोबाइलमै लोकसेवा तयारीका लागि अध्ययन गर्न सकिन्छ ।

लोकसेवा एप निःशुल्क डाउनलोड गरी मोबाइलमार्फत लोकसेवाको सम्पूर्ण जानकारी प्राप्त गर्नुका साथै प्रश्न पढ्न पनि सक्नेछन् । लोकसेवाको तयारीमा लागेका सम्पूर्ण व्यक्तिलाई लक्षित गरी निकालिएको यस एपमा हाल प्रशासनको खरिदार, नासु, शाखा अधिकृतको तयारी गर्न सकिनेछ ।

प्राविधिकमा कम्प्युटर अपरेटर, अनमी, स्टाफ नर्स, कम्प्युटर इन्जिनियर, कम्प्युटर अधिकृत, सिभिल इन्जिनियरको पुरानो प्रश्नपत्र, अभ्यास प्रश्नहरू, लोकसेवा आयोगबाट प्रकाशित सूचनाहरू पढ्न र विभिन्न मोडल सेटहरू खेल्दै सिक्न सकिनेछ । कम्पनीले लोकसेवा तयारीमा बसेका व्यक्तिलाई मात्र नभएर सरकारी नोकरीमा भए पनि यसबाट नयाँ सूचनाहरू मोबाइलमै प्राप्त गर्न सक्ने भएकोले यसको प्रयोग गर्न सक्ने जनाएको छ ।

सूचनाप्रविधिको प्रयोगले देशको विभिन्न भागबाट लोकसेवाकै तयारीका लागि भनेर काठमाडौं आउनुपर्ने बाध्यतालाई हटाउने कम्पनीका प्रमुख कार्यकारी निर्देशक इ. अशोक बस्नेतको दाबी छ ।

एप कसरी चलाउने ?

गुगलको प्ले स्टोर वा एप्पलको एप स्टोरमा गएर लोकसेवा नेपाल टाइप गरी एप डाउनलोड गर्न सकिन्छ । डाउन लोड गरेर लोकसेवासम्बन्धी विभिन्न सेक्सन नेभिगेट गरेसँगै होममा आउने फिडमा विभिन्न लोकसेवा उपयोगी सामग्री पनि आउँछ ।

यसमा दैनिक प्रश्नोत्तर, समसामयिक विषयवस्तु, मोडल सेटहरू, समाचार, सूचनाहरू, सामान्यज्ञानलगायतको जानकारी आउँछ । यसमा रहेको मोडल सेट बटन थिचेपछि मोडल सेट एकैठाउँमा पाउन सकिन्छ । एपमा भएको प्रयोगकर्तासँग छलफल गर्नका लागि डिस्कसन बटन क्लिक गर्न सकिन्छ ।

मोडल सेटमा अभ्यास गर्नका लागि एपमा रजिस्ट्रर गर्नुपर्छ । लोकसेवा प्लस सब्सक्राइब गर्नका लागि एपको होमबाट ‘जोइन लोकसेवा प्लस’ बटन क्लिक गरेर कति समयका लागि सब्सक्राइब गर्ने हो, त्यसैअनुसार गर्न सकिन्छ । यो समाचार आजको नयाँ पत्रिकाले छापेको छ ।

लोकसेवा प्लसमा उपलब्ध सुविधा

– साप्ताहिक रूपमा आउने समसामयिक ज्ञान क्विज
– साप्ताहिक र मासिक आउने समसामयिक ज्ञान
– नयाँ मोडल सेटमा निःशुल्क अभ्यास
– आफूले अभ्यास गरेको सेटको पूर्ण एनालाइटिक्स र पर्फरमेन्स – – – रिपोर्ट

सम्बन्धित समाचार

Advertisement