अाफ्ना महत्वपूर्ण डकुमेन्टहरु राख्न तथा डाटा ट्रान्सफर गर्नका लागि पेइनड्राइभ सहज र उपयुक्त माध्यम हो । तर प्रयोग सजिलाे भएपनि यसमा भाइरसको जोखिम उच्च रहने गर्दछ ।
कसैले तपाईकाे पेनड्राइभको डाटा हटाउने डर र भाईरसबाट सुरक्षाका लागि यसकाे सुरक्षामा ध्यान दिन अावश्यक छ । पेनड्राइभको सुरक्षा तपाईले पासवाेर्ड मार्फत गर्न सक्नु हुनेछ ।
जसका लागि कुनै सफ्टवेयर नै चाहिन्छ भन्ने छैन् । विना सफ्टवेयरकाे माध्यमबाट पेनड्राइभमा पासवर्ड लगाउन सक्नु हुनेछ । ल्पापेटर वा कम्प्युटरकाे सहायताबाट पासव्ड लगाउने तरिका हामीले यहाँ उल्खे गरेका छाैँ ।
तरिकाः
-सबैभन्दा पहिले पेनड्राइभलाई ल्यापटप वा कम्प्युटरसँग कनेक्ट गर्नुस् ।
-त्यसपछि कम्प्युटर भन्नेमा गई पेनड्राइभमा राइट क्लिक गरेर Turn on BitLocker मा क्लिक गर्नुहोस् ।
-अनि तपाईंले नयाँ विन्डो खुलेको देख्नुहुन्छ । त्यसपछि Use a password to unlock the drive मा जानुहोस् । त्यसको अगाडिको बक्समा राइट क्लिक गर्नुहोस् । त्यसपछि पासवर्ड सेट गर्न Next मा क्लिक गर्नुहोस् ।
-अब विन्डो ओपन भयो, त्यसमा Save the recovery key to a file मा क्लिक गर्नुहोस् र यसलाई सेभ गर्नुहोस् । पछि तपाईंले पासवर्ड बिर्सनुभयो भने पनि यस फाइलाको सहयोगले पासवर्ड फेरि पाउन सक्नुहुन्छ ।
-फाइल सेभ गरेपछि फेरि एक पटक Next क्लिक गर्नुहोस्, त्यसपछि Save the recovery key to a file क्लिक गर्नुहोस् । अब पेन ड्राइभमा पासवर्ड प्रोटेक्शन की को प्रोसेस सुरु हुन्छ । केही बेरमा प्रोसेस 100% पुगेको देखिन्छ र पासवर्ड सेट हुन्छ ।